23.1 C
Kathmandu
Wednesday, May 1, 2024

२०२६ सम्म सुक्खा सिजनमै नेपाल विद्युत्‌मा आत्मनिर्भर हुन्छ : घिसिङ

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सन् २०२६ सम्म सुक्खा सिजनमा पनि जलविद्युत्‌मा मुलुक आत्मनिर्भर हुने बताएका छन् । अहिले सञ्चालित आयोजनाको २५ सय ४४ मेगावट, यसमा सोलार ७० मेगावटसहित प्रत्येक वर्ष ८ सय मेगावाट विद्युत् उत्पादन बढ्दै गएकाले सन् २०२६ सम्म मुलुक आत्मनिर्भर हुने भनाई उनले व्यक्त गरेका हुन् ।

निर्देशक घिसिङका अनुसार, सन् २०३५ सम्ममा नेपालमा ८ हजार मेगावट विद्युत् उत्पादन क्षमता पुग्ने अनुमान प्राधिकरणको छ । यस्तो अवस्थामा सन् २०४२/४३ सम्ममा २० हजार मेगावट विद्युत् उत्पादन क्षमता पुग्ने उनको अनुमान रहेको छ । हालसम्म ११ हजार मेगावट जलविद्युत् उत्पादनका लागि पीपीएको पाइपलाइनमा रहेको छ । त्यस्तै ७ हजार मेगावटको पीपीए भइसकेको छ ।
निर्देशक घिसिङले जलविद्युत क्षेत्रमा थप लगानीकर्ताहरु आकर्षित गर्नुपर्ने समय आएको पनि धारणा व्यक्त गरेका छन् ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर