16.1 C
Kathmandu
Wednesday, May 1, 2024

रोङमा गाउँपालिकामा व्यावसायिक मौरीपालन

इलाम- रोङ गाउँपालिकामा गुणस्तरीय र व्यावसायिक मह उत्पादनको अभियान चलिरहेको छ । सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’ भन्ने नारालाई सार्थक बनाउन पालिकाले विभिन्न प्रयास गरिरहेको छ ।

रोङ वडा नं ६ का दावा स्याङ्बोले १५० घारमा मौरीपालन गरेका छन् । करिब ४० वटाका दरले पाँचवटा छुट्टाछट्टै स्थानमा घार व्यवस्थापन गर्नुभएका उहाँले २०७६ सालबाट आधुनिक मौरीपालन गर्दै आएको बताए । “मौरीलाई स्याहारका लागि खटिरहनु पर्दैन, उत्पादनको पाँच प्रतिशतमात्र घारका लागि खर्च गरियो भने मौरी फस्टाउँछ,” उनले भने । मह बिक्री गर्न समस्या छैन । व्यापारी घरमै आइपुग्छन् । घरबाट नै प्रतिकिलो एक हजार ५०० का दरले मह बिक्री हुँदै आएको उनले बताए । उनले वार्षिक २५० किलोसम्म मह उत्पादन गर्दै आएका छन् ।

अर्का मौरीपालक किसान प्रेमबहादुर राईले वार्षिक करिब १०० किलो मह उत्पादन गर्नुहुन्छ । तीस आधुनिक घारमा मौरीपालन पालेका राई व्यावसायिक महबाटै आत्मनिर्भर भएको बताउँछन् । मह उत्पादनमा गाउँपालिकानै लागि परेपछि स्थानीयल यस व्यवसायतर्फ आकर्षित भएका हुन् । मौरीपालनलाई गाउँपालिकाको पहिचानका रुपमा स्थापित गर्न कार्यक्रम नै अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास)ले बताए ।

सुरुमा मौरीपालन व्यवसाय प्रवद्र्धनका लागि ११ लाख छुट्याए पालिकाले दोस्रो वर्ष २० लाख बजेट छुट्याएको थियो । उक्त बजेटमा किसानले आधुनिक मौरीपालनको सीप सिक्ने, अनुदानमा घार प्राप्त गर्ने अवसर पाएको बताइएको छ  । यसैबीच गुणस्तरीय मह उत्पादन गरेर महको आफ्नै ‘ब्रान्ड’ बनाउने गरी योजना ल्याएको गाउँपालिकाले मह उत्पादन गर्ने किसानको पालिकास्तरीय समिति गठन गरेको छ ।
सबै वडाका मौरीपालक किसानको भेलाले केशवप्रसाद लुइँटेलको संयोजकत्वमा पालिकास्तरीय मौरीपालक कृषि सञ्जाल समिति गठन गरेको छ ।  नौ सदस्यीय समितिको सदस्य–सचिवमा रोङ गाउँपालिका कृषि शाखाका तीर्थराज देवकोटा छन् । सदस्यहरूमा लीलानाथ भण्डारी, मानसिंह तामाङ, दुर्गा तिम्सिना र दाबा स्याङ्बोलगायत रहेको नवगठित समितिका संयोजक लुइँटेलले बताए ।

गाउँपालिका अध्यक्ष  स्याङ्बो र उपाध्यक्ष विष्णुमाया भुजेलको उपस्थितिमा तदर्थ समिति गठन गरिएको जनाउँदै संयोजक लुइँटेलले यसअघि पालिकाका सबै वडामा मौरीपालक किसानको वडास्तरीय सञ्जालसमेत गठन भइसकेको बताए ।  ।

चालु आर्थिक वर्षमा व्यावसायिक मौरीपालनका लागि पालिकाले ५० लाख रकम विनियोजन गरेको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर