27.1 C
Kathmandu
Wednesday, May 1, 2024

ज्येष्ठ नागरिकलाई तिलाकाे ज्याकेट

जुम्ला- जुम्लाको तिला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई  चिसोबाट जोगाउन न्यायो कपडा वितरण सुरु गरेको छ । ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अन्तर्गत मङ्गलबार गाउँपालिकाले वडा नं १, २ र ३ का ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको हो ।

तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले यस आर्थिक वर्षमा ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अन्तर्गत रु १० लाख बजेट विनियोजित गरिएको बताए ।  ज्येष्ठ नागरिकलाई उच्च गुणस्तरको ज्याकेट प्रदान गरिएको छ । पहिलो चरणमा पालिकाको वडा नं १ मा ४९ जना, वडा नं २ मा ७८ र वडा नं ३ मा ८२ गरी जम्मा दुई सय नौ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए। कार्यक्रमबाट क्रमशः यहाँका अन्य वडाका  ज्येष्ठ नागरिकको घरमै पुगेर न्यायो कपडा वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

ज्येष्ठ नागरिकलाई स्वास्थ्योपचारलगायत अन्य राहतमुखी कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले बताए ।  ज्येष्ठ नागरिकलाई विशेष प्रथामिकतामा राखेर पालिकाले काम गरेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाको भनाइ छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर