23.1 C
Kathmandu
Wednesday, May 1, 2024

नगरपालिका संघ र गाउँपालिका महासंघमा नयाँ नेतृत्व

काठमाडौं, ७ पौष । नेपाल नगरपालिका संघको ८ औं अधिवेशनबाट अध्यक्षमा धादिङको निलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना चयन हुनुभएको छ।

उपाध्यक्षमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीका मेयर कृष्णप्रसाद सापकोटा, महासचिवमा दाङको घोराही उपमहानगरपालिकाका मेयर नरूलाल चौधरी चयन हुनुभएको छ। उपमहासचिवमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल चयन हुनुभएको छ भने कोषाध्यक्षमा हलेसी तुवाचुङकी मेयर विमला राई । त्यस्तै सहकोषाध्यक्ष हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा चयन हुनभएको छ । गत बुधबार सकिएको अधिवेशनले ४३ जना केन्द्रीय सदस्य पनि चयन गरेको छ ।
यस्तै, गत साता सम्पन्न भएको तेस्रो महाधिवेशनबाट गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे निर्वाचित हुनु भएको थियो । पाण्डे नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष हुन् । यस्तै उपाध्यक्षमा हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही, महासचिवमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा, सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवार र कोषाध्यक्षमा अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट चयन हुनु भएको छ ।

काठमाडौंमा मंगलबार सम्पन्न महासंघको तेस्रो महाधिवेशनबाट ५ वर्षे कार्यकालको लागि कार्य समिति चयन गरिएको हो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर