18.1 C
Kathmandu
Wednesday, May 1, 2024

प्रतिबन्धित पाठ्यपुस्तक प्रयोग नगर्न पाठ्यक्रम विकास केन्द्रको आग्रह

काठमाडौं । पाठ्यसामग्री व्यवस्थापन तथा मूल्याङ्कन समितिको सिफारिसको आधारमा विद्यालय तहका पाठ्यसामग्री स्वीकृत गरी सूचीकरण गर्ने व्यवस्था रहे पनि त्यस्तो प्रकृयालाई अमान्य भन्दै केही प्रकाशन गृहहरुले फरक सामग्री प्रकाशन गरेको र त्यसविरुद्ध उजुरी समेत परेपछि पाठ्यक्रम विकास केन्द्रले स्वीकृती नपाएका र प्रतिबन्धित पाठ्यपुस्तक प्रयोग नगर्न सूचित गरेको छ ।

देशभरका स्थानीय तह, सामुदायिक तथा संस्थागत विद्यालयलाई पत्राचार गर्दै केही प्रकाशनले आफूखुशि प्रतिबन्धित पाठ्यपुस्तक अवैधरूपमा बिक्री वितरण गरिरहेको भन्दै त्यस्ता सामग्री प्रयोग नगर्न भनेको हो । साथै केन्द्रले स्वीकृत पाठ्यपुस्तक र सिकाइ सामग्रीहरु मात्र प्रयोग गर्न सचेत गराएको छ । केन्द्रले कतिपय प्रकाशन गृहले पूर्वप्राथमिक कक्षाका प्रतिबन्धित पाठ्यपुस्तक प्रकाशन तथा बिक्री गरिरहेको सूचनाको आधारमा यस्तो आव्हान गरेको हो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर